विकल र सुनिललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित मिति: बुधबार, फाल्गुण ०२, २०८० | १५:०४:००
काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् । विशेष अदालतले उनीहरुलाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरु थप १० दिन हिरासतमै रहने भएका हुन् ।
दुवैजना गत १० माघमा पक्राउ परेका थिए । उनीहरुमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आरोप छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०२, २०८० |
१५:०४:००
2135