एमालेकाे सचिवालय बैठक बस्दै
प्रकाशित मिति: बुधबार, फाल्गुण ०२, २०८० | १९:४२:०५
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो । बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको छ ।
भोलि बस्ने सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ । यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०२, २०८० |
१९:४२:०५
3873





















