ललिता निवास जग्गा प्रकरणकाे फैसला बिहीबार हुने
प्रकाशित मिति: बुधबार, फाल्गुण ०२, २०८० | १९:४३:३४
काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधबार नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको हो ।
१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०२, २०८० |
१९:४३:३४
2201