एमाले सचिवालय बैठक आज बस्दै
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०३, २०८० | ११:४५:५१
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०३, २०८० |
११:४५:५१
1937