देउवा र थापाबीच अझै जुटेन सहमति, प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास जारी
प्रकाशित मिति: सोमबार, फाल्गुण ०७, २०८० | १२:२५:३३
काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारिबीच अहिले देउवा निवास बुढालिनकण्ठमा छलफल चलिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा पार्टी सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएपछि प्रतिवेदनको टुंगो नलागेको हो ।
मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन् । तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल भइरहेको उनले बताए । सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापाले शनिबार साँझ र आइतबार छलफल गरेका थिए तर सहमति हुन सकेन ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०७, २०८० |
१२:२५:३३
1585