विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०८, २०८० | १२:५७:३८
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शरिफ फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०८, २०८० |
१२:५७:३८
3521