काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला
प्रकाशित मिति: बुधबार, फाल्गुण ०९, २०८० | १२:३७:४१
काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०९, २०८० |
१२:३७:४१
3433