थापाथलीको प्रसूति गृहबाट शिशु चोरी
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ११, २०८० | १९:३४:४६
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ ।
बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् । दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ११, २०८० |
१९:३४:४६
2531