विवाह गरेको लामो समय सम्म सन्तान नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु
काठमाडाैँ । थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले काँडाघारीबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेको बताए । उनीसँगै प्रहरीले उनका श्रीमान र दिदीलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो । शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको बताएकी छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछिउनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको मनिसाले प्रहरीसमक्ष बयान दिएकी छन् । मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।