माओवादी स्थायी समिति बैठक बस्दै
प्रकाशित मिति: आइतबार, फाल्गुण १३, २०८० | १०:२०:०८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियान बारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ ।
साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजायँ गर्ने पनि जनाइएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १३, २०८० |
१०:२०:०८
3037