राजेन्द्र महतोले छाडे लोसपा
प्रकाशित मिति: सोमबार, फाल्गुण १४, २०८० | १४:१२:३२
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा उनले लोसपा परित्याग गरेको घोषणा गर्दै राष्ट्रिय मुक्ति आन्दोलनका घोषणा गरेका हुन् । महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको उल्लेख गरे । त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसलागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरिएको उनले बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १४, २०८० |
१४:१२:३२
4093