माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०८० | १०:५५:४६
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बुधबार पनि जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा बिहान साढे आठ बजेबाट सुरू भएको बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेकाे सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ, त्यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गरेको छ । मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बसेकाे हो। बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १६, २०८० |
१०:५५:४६
2201