माधव नेपालको दाबी : राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ
प्रकाशित मिति: बिहिबार, फाल्गुण १७, २०८० | १७:४४:०३
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् ।
उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे । उनले केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १७, २०८० |
१७:४४:०३
2971