कानुन समितिको बैठक स्थगित
प्रकाशित मिति: सोमबार, फाल्गुण २१, २०८० | १०:२६:२७
काठमाडौं । संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः ४५ बजे समितिको बैठक बोलाइएको थियो । बैठकमा सहभागी हुनका लागि कांग्रेसका सांसदहरू सिंहदरबार पुगे पनि अन्य दलका सांसदहरू नपुगे पछि बैठक बस्दै नबसी स्थगित भएकाे कांग्रेसका सांसद सुनिल शर्माले बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २१, २०८० |
१०:२६:२७
2047