एमालेले पदम गिरीलाई मन्त्री बनाउने
प्रकाशित मिति: सोमबार, फाल्गुण २१, २०८० | ११:०४:३९
काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । याँ सत्ता समीकरण बनेसँगै एमालेले गिरीलाई सरकारमा पठाउन लागेको हो । स्रोतका अनुसार आजै सानो मन्त्रिमण्डलसहित सरकार पुनर्गठनको तयारी भइरहेको छ । कांग्रेससँगको गठबन्धन भत्कने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २१, २०८० |
११:०४:३९
2839