कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०८० | १४:१७:५६
काठमाडौं । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २२, २०८० |
१४:१७:५६
2927