पत्नी आरजुसहित सभापति देउवा नेपाल निवासमा
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | ११:४७:५२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् । पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन ।
यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले जानकारी दियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
११:४७:५२
2509