माओवादीले टुंग्यायो ५ मन्त्री : नारायणकाजी, रेखा र शक्ति बस्नेत दोहोरिए
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | १६:१८:३५
काठमाडौं । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसअनुसार नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँने भएका छन् ।
यस्तै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
१६:१८:३५
2333