सुन तस्करीमा संलग्नलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०८० | १४:३२:४१
काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो । तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले उनीहरुलाई नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । पक्राउ गरिएका अर्याललाई काभ्रे प्रहरीको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २४, २०८० |
१४:३२:४१
3213