हराउँदा पनि भेटिएका गायक वालकृष्ण
काठमाडौं । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ का वालकृष्ण खनाल ओझेलमा बसेर नै आफ्नो प्रतिभालाई तिखार्ने व्यक्ति हुन् । उनमा सीप र क्षमता भए पनि उनी हत्तपत्त त्यसलाई प्रदर्शन गर्दैनन । पछिल्लो समयमा उनले ‘घात भयो’ गित गाएका छन् । यो गितले वालकृष्णलाई मात्र भेटेन, वालकृष्णले पनि भनेजस्तै गित भेटे । यो गित गाउने प्रस्ताव आएपछि उनी पनि खुशी भए । उनलाई प्रायः मायाप्रेमका शब्द भएका गित गाउन मन लाग्छ । दीपक वस्नेतको रचना, शिव अनुरागको संगित भएको र किरण कडेलले एरेन्ज गरेको यो गितमा खनालले स्वर दिएका छन् ।
‘यो गित गाउन पाउनु मेरो लागि पनि खुशीको कुरा हो किनभने मैले जे चाहेको थिएँ त्यही अनुसारको शब्द र संगित भेट्टाए ।
गितको बोल,
घात भयो, घात भयो, मायामा घात भयो,
अस्तित्व मेटेर गयो, मेरो जिन्दगी बर्बाद भयो ।
प्रेममा धोखा खाँदाको अनुभवलाई समेटिएको यो गित गाउँदा खनाल पनि मख्खै छन् । उनले सम्पूर्णको भावनालाई गितले समेटेकाले आफूले पनि मन पराएको बताए । गितको अर्को अन्तरा यस्तोछ
पहिले पहिले हाम्रो माया मगमगाउने फूल भयो,
अहिले किन त्यही माया मुटु छेड्ने सुल भयो ।
भारतको काशी हिन्दु विश्वविद्यालयबाट संगितमा एम म्युज गरेका वालकृष्णलाई गित संगित सिक्ने रहरले नै भारत पु्¥यायो । उनी गित सिक्नका लागि राम्रो विश्वविद्यालय छनौट गर्ने क्रममा भारतका सबैजसो ठाउँ पुगेका छन् भनें बाटामा भेटिएका कुनै पनि मान्छेलाई ‘कहाँ गित–संगित राम्रो पढार्ई हुन्छ ? भनेर सोध्नसमेत बाँकी राखेनन् । उनी हिजोको दिनमा आफूलाई पढ्न सहयोग गर्ने र उत्साह दिनेहरुप्रति आभार व्यक्त गर्छन् । उनले जिवनमा सुख कम र दुःख बढी भोगेको बताएका छन् । पाल्पामा भजन गाएर फर्कने क्रममा धादिङमा आफू चढेको बस दुर्घटना हुँदा ४ जना साथीको मृत्यु भएको र आफू संयोगले बाँचेको उनी बताउँछन् ।
‘मैले यत्तीमीठो गीत गाउन बाँकी रहेछरपो भगवानले बचाउनु भएको रहेछ जस्तो लाग्छ । उनी गहभोरी आशु बनाउदै आफ्नो त्यो घटना सुनाउनु हुन्छ ।
उनी सानैदेखि गित–संगितमा रुची राख्ने गर्दथे । विद्यालयमा भएका कतिपय कार्यक्रममा उनी गित गाउने गर्दथे । दाजु र काकाको प्रेरणाबाट उनी यो क्षेत्रमा प्रवेश गरे ।
२०५६ सालमा गायक रामकृष्ण ढकाल सहभागी भएको एक कार्यक्रममा उन्को श्वर सुनेपछी मानिसको ठूलो भीँड देखे । हुटहुटीका आवाज सुनिन थालेपछि उनलाई ‘म पनि यस्तै बन्न पाए हुन्थ्यो’ भन्ने लागेको थियो । २० औं वर्षदेखि यो क्षेत्रमा लागेर पनि बाहिर चर्चामा नआएका वालकृष्णलाई उनका साथीहरुले कहिलेकाहीँ अनेकन सल्लाह दिने गरेका छन् । कसैले धेरै समयसम्म लुकेर बस्नुहुन्न, बाहिर फिल्डमा आउनुपर्छ भन्छन् भनें कसैले बेग्लै सल्लाह पनि दिन्छन् । उनी सबैको कुरा सुन्छन् र आफ्नै प्रकारले निर्णय लिने गर्छन् । ‘घात भयो’ गितका रचनाकार वस्नेतलाई पनि खनाललाई भेट्नेबित्तिकै आफ्नो गित गाउन दिन मन लाग्यो ।
‘संयोगले हाम्रो भेट भयो, गितले पनि भनेजस्तै मान्छे पायो र मैले पनि खोजेजस्तै’ वस्नेत भन्छन् ‘अहिले त मलाई लाग्छ, उहाँले नभएर अरु कसैले यो गित गाएको भए बजारमा ल्याउनु र नल्याउनुको अर्थ नहुने रहेछ ।’
पीडामाथि पींडा दिँदा थप्न गाह्रो हुँदो रहेछ,
आफ्नाले नै बज्र हान्दा खप्न गाह्रो हुँदो रहेछ ।
उनले गाएको यो गितले अहिले धेरैको मन जितेको छ । अध्ययनका क्रममा भारतमा हुँदा पनि उनी नेपालमा भजन गाउन आइरहन्थे । ‘टाढाबाट आउँदिन भन्दा पनि धर पाउँदिनथें त्यसैले धेरै हत्ते गरेपछि बाध्यताले आउँथें’ उनी भन्छन् ‘श्रोताको माया नै हाम्रो सम्पत्ति हो त्यसैले पाएको मायालाई बेवास्ता गर्नु हुँदैन भन्ने लाग्छ ।’
‘घात भयो’ गितको अन्तिम भाका यस्तो छ–
सम्झौता हो माया भन्थे जितहारको खेल रहेछ,
घाती माया प¥यो भनें हत्कडी र नेल रहेछ ।
गितले माया प्रेमलाई हरेक ढंगले व्याख्या गरेको छ । माया राम्रो हुँदा फूल हुने र माया घाती हुँदा सुल हुने गायकको बुझाई छ । पीँडामाथि पीँडा थपिँदा खप्न गाह्रो भएको भनेर मिठो भाकामा गित गाउने खनाल अहिलेसम्म कता हराए र अहिलेमात्रै टुप्लुकै यो गितबाट उदाए भन्ने प्रश्न पनि उब्जिएको छ । उनी भनें आफू यही समाजमा रहेको, हिजो समयले साथ नदिएको र आज मौका आएको बताउँछन् । उनी गित–संगित नै आफ्नो जीवनको मुख्य लक्ष्य भएकाले यसैमा सम्भावना खोज्दै अघि बढेका छन् । ‘मलाई अहिलेसम्म जे दियो गितले नै दियो र जे दिएन गितले नै’ उनी थप्छन् ‘अबको जीवन गित–संगितमा नै समर्पण गरेको छु ।’