माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना
प्रकाशित मिति: सोमबार, चैत्र ०५, २०८० | २१:५६:३६
काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ । उनलाई के भएको भन्नेबारे भने खुलिसकेको छैन ।
प्रकाशित मिति : सोमबार, चैत्र ०५, २०८० |
२१:५६:३६
3037