रुसको कन्सर्ट हलमा आक्रमण : ६० जनाको मृत्यु भएकाे पुष्टि
प्रकाशित मिति: शनिबार, चैत्र १०, २०८० | १०:२७:१९
काठमाडौं । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् । रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १०, २०८० |
१०:२७:१९
2113