लुम्बिनी विकास कोषका याेजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्धा दायर
प्रकाशित मिति: आइतबार, चैत्र २५, २०८० | १५:२४:५०
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ ।
अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्धा दायर गरेको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २५, २०८० |
१५:२४:५०
1783