युएईमा आएको बाढीमा परी चितवनका एक युवाको मृत्यु
प्रकाशित मिति: बिहिबार, बैशाख ०६, २०८१ | २१:३६:१९
काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेका हु्न। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ ।
युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको छ । । दुतावासका अनुसार पुन भिजिट भिसामा युएई पुगेका थिए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०६, २०८१ |
२१:३६:१९
4907