सलमानको घरमा भएकाे गोलाबारीमा संलग्न थप एक जना पक्राउ
चितवन , ०३ असार । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलाबारीबारे नयाँ अपडेट आएकाे छ। मुम्बई प्रहरीले यस मामिलामा नयाँ मुद्दा दर्ता गरेको हाे । प्रहरीका अनुसार एक व्यक्तिले युट्युबमा ‘अरे छोडो यार’ नामक च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए, जसमा उनले लरेन्स ग्याङको बारेमा चर्चा गरेका छन् । उनले सलमान खानलाई मार्ने षड्यन्त्रको पनि उल्लेख गरेका छन् । घटनाको गम्भीरता देखेर मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि राजस्थान गएको थियो । त्यहाँबाट टोलीले बनवारीलाल लातुरलाल गुजर नामका २५ वर्षीय युवकलाई पक्राउ गरेर नयाँ मुद्दा दर्ता गरेको हाे ।
सोधपुछपछि आरोपीले सलमानमाथि आक्रमण गर्ने योजनामा आफू संलग्न रहेको स्वीकार गरेका छन् । उनले धेरै खुलासा पनि गरेका छन् । उनले भने– ‘मैले सलमानलाई यो कुरा बुझाएको थिएँ तर उनले मानेनन् । हाम्रो इगो हर्ट भएको छ । सलमानसँग Y+ सुरक्षा छ। जसले हामीसँग टक्कर गर्छ, तर हामी उसलाई हराउनेछौं ।’ १४ अप्रिलमा दुई बाइक सवार आक्रमणकारीले सलमानको घरमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर गरेका थिए। प्रहरीका अनुसार लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो ।