गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी
प्रकाशित मिति: बुधबार, साउन ०९, २०८१ | १२:५२:५४
चितवन, ०९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए । दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।
त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ ।
यसैबीध दुर्घटनाको सूचना थाहाआउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : बुधबार, साउन ०९, २०८१ |
१२:५२:५४
1497