हिंसा चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ | १५:३२:०१
चितवन , २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षणलाई लिएर चलिरहेको आन्दोलन चर्किएपछि हसिनाले सोमबार राजीनामा दिएर देश छाडेको बीबीसीले उल्लेख गरेको छ । आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।
सोमबार विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् । र्यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ । सडकमा सेना तैनाथ गरिएपनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ ।
प्रकाशित मिति : सोमबार, साउन २१, २०८१ |
१५:३२:०१
4599


















