गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन
प्रकाशित मिति: बिहिबार, साउन ३१, २०८१ | २०:०६:३३
चितवन , ३१ साउन । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ । काठमाडौंबाट जाँदै गरेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । स्थानीयले युवतीलाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, साउन ३१, २०८१ |
२०:०६:३३
3345



















