मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ घाइते
प्रकाशित मिति: शुक्रबार, भाद्र ०७, २०८१ | १३:४६:०३
चितवन, ०७ भाद्र । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरीले जनाएको छ । पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । अहिले उद्धार कार्य जारी छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ०७, २०८१ |
१३:४६:०३
1387