काठमाडौँमा एक पुरुष मृत फेला
प्रकाशित मिति: बिहिबार, कार्तिक ०१, २०८१ | १२:५४:३९
चितवन, ०१ कार्तिक । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०१, २०८१ |
१२:५४:३९
4093



















