मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्यो निलम्बन
प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०८१ | १८:१४:२४
चितवन, २४ कार्तिक । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०८१ |
१८:१४:२४
1321