पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
प्रकाशित मिति: आइतबार, कार्तिक २५, २०८१ | १८:१८:३९
चितवन, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार विराटनगरबाट पक्राउ परेका उनलाई लगत्तै काठमाडौँ ल्याइएको थियो ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २५, २०८१ |
१८:१८:३९
925