जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित
प्रकाशित मिति: मंगलबार, कार्तिक २७, २०८१ | १३:१६:०८
चितवन, २७ कार्तिक । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिनुभएको थियो । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो ।
गएको अक्टुबरमा भएको मतदानमा इसिबाको पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्मा बहुमत गुमाएको थियो । चार सय ६५ सदस्यीय संसद्मा एलडीपी–कोमेटो गठबन्धनले दुई सय १५ सिट मात्र ल्याएको थियो । तर, कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विशेष अधिवेशनबाट उहाँ प्रधानमन्त्रीमा चयन भएका हुन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७, २०८१ |
१३:१६:०८
749