बझाङमा फेरि जीप दुर्घटना हुँदा चालकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष २०, २०८१ | ११:५७:२७
चितवन, १९ पौष । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको हो । बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको हो ।
जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए । बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पौष २०, २०८१ |
११:५७:२७
1277