भारतमा रेलले किच्दा ३ नेपालीको मृत्यु
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८१ | १२:१०:२८
चितवन, १० माघ । भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलको एउटा डिब्बामा आगो लागेको हल्ला फैलिएको थियो ।
त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । रेल रोकियो । र, हतारहतार केही यात्रु रेलबाट हाम फालेका थिए । त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको हाे ।
साे दुर्घटनामा ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित मिति : बिहिबार, माघ ११, २०८१ |
१२:१०:२८
1057