नगरकोट पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना
प्रकाशित मिति: बुधबार, फाल्गुण ०१, २०८१ | १८:४५:४८
चितवन, ३० माघ । काठमाडौंको शंकरापुर नगरपालिका–५ मा बस दुर्घटना भएको छ । शंकरापुरस्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो ।
दुर्घटनामा केहीको मृत्यु भएको हुनसक्ने आशंका छ । अहिले उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०१, २०८१ |
१८:४५:४८
683