नेपाली विद्यार्थीको अवस्था बुझ्न केआईआईटी पुग्यो नेपाल प्रहरी
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०७, २०८१ | १५:३९:०८
चितवन, ०६ फागुन । नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे जानकारी लिन र त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था बुझ्न प्रहरीको टोली ओडिसा पुगेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले फेसबुकमार्फत प्रकृतिको घटनाबारे नेपाल प्रहरीको टोली मंगलबार बिहानै ओडिसा पुगेको जनाकारी गराएकी हुन् ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार शव फेला गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०७, २०८१ |
१५:३९:०८
3301























