अस्पतालबाट डिस्चार्ज भए पोखराका मेयर आचार्य
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०९, २०८१ | १६:०५:३५
चितवन, ०८ फागुन । पोखरामा भएको बेलुन विस्फोटमा परी घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् ।
सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।
आफू अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मेयर आचार्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०९, २०८१ |
१६:०५:३५
793