इटहरीको सेन्टर प्लाजामा आगलागी, गृहमन्त्रालयले पठायो हेलिकप्टर
प्रकाशित मिति: बुधबार, चैत्र १३, २०८१ | १२:१८:४४
चितवन, १३ चैत । सुनसरीको इटहरीको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी सुरु भएको हो।
आगलागी भएको तलामा केही मानिस फसेको आशंका गरिएको छ। उनीहरुको उद्धारको लागि हेलिकप्टर पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र १३, २०८१ |
१२:१८:४४
4071






















