जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०८२ | १२:२८:१०
चितवन, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले नाचिरहेको क्रममा पेस्तोल पड्काएको देखिन्छ ।
उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएकाे छ ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२ |
१२:२८:१०
573