ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०८२ | ९:४८:३६
चितवन, ३१ बैशाख । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ ।
आगो निभाउने प्रयास जारी छ ।” आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०८२ |
९:४८:३६
2201

























