नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा
प्रकाशित मिति: सोमबार, जेठ ०५, २०८२ | १३:१४:५९
चितवन, ०५ जेठ । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्याे ।
प्रकाशित मिति : सोमबार, जेठ ०५, २०८२ |
१३:१४:५९
3147






















