कालिकोटको महाबैमा भीरबाट लडेर ६५ वर्षीय व्यक्तिको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ | १६:१४:१४
चितवन, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर ६५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ।
महाबै–२ ओदाका चर्च सिंहको आइतबार बिहान मृत्यु भएको हो। उनी महाबै–६ गणेशकोटस्थित ससुराली घरबाट पत्नीसँग घर फर्कने क्रममा महाबै–४ को तल्लो राम्नीमा रहेको भीरबाट लडेका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ |
१६:१४:१४
1387





















