नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १५ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ | १३:४१:२४
चितवन, २४ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज बिहान उनले आफ्नो फेसबुक पृष्ठमार्फत यस सन्देश सार्वजनिक गरेका छन्। भण्डारीले लेखेका छन्, “साथीहरूको जिज्ञासामा मेरो धारणा स्पष्ट गर्न चाहन्छु, नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ र मेरो दृष्टिकोण पनि तय गरिएको छ ।
तथापि, देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ पुग्छ, त्यही अनुसार म शून्यदेखि सयसम्मका सबै कदमहरू चाल्न तयार छु।” उनले थपेका छन्, “समयको माग र राजनीतिक परिप्रेक्ष्यलाई सम्मान गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ।”
प्रकाशित मिति : बुधबार, मंसिर २४, २०८२ |
१३:४१:२४
1211





















