काठमाडौँ महानगरपालिकाले ४२ थान कम्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ | १५:५०:०६
चितवन, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ। काठमाडौँ-२६ ले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो।
कम्युटर हस्तान्तरण कार्यक्रममा काठमाडौँ-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयहरूको गुणस्तर उकास्न र समयसँग मेल खाने प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिए।
प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ |
१५:५०:०६
1343






















