गैरीगाउँ गोदाममा आगलागी, नजिकैको स्कुल भवनमा समेत क्षति
प्रकाशित मिति: मंगलबार, पौष २२, २०८२ | १९:२३:१०
चितवन, २२ पुष । काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, दिउँसो ३:१५ बजे सुरु भएको आगो ४:४५ बजे नियन्त्रणमा लिइएको हो।
ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र त्यसबाट गोदाम पूर्ण रुपमा नष्ट भएको उनले बताए। आगलागीले जोडिएको लोयला सेकेन्डरी स्कूलको भवनमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्, तर क्षतिको विवरण हालसम्म संकलन भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, पौष २२, २०८२ |
१९:२३:१०
4225



















