भक्तपुरमा चुनावी सरगर्मी तीव्र, प्रमुख दलद्वारा घरदैलो अभियान सुरु
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १३:३६:२७
चितवन, ०४ फाल्गुण। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भक्तपुरका राजनीतिक दलहरूले घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन् ।
भक्तपुर क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिएका नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, राप्रपा, र रास्वपालगायत दलका उम्मेदवारहरू आज बिहानैदेखि मतदाताको घर–घरमा पुगेर आफ्नो पक्षमा मत माग्न थालेका हुन् ।
अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१३:३६:२७
3741



















