रूसद्वारा इरानमाथिको आक्रमण रोक्न अमेरिका र इजरायलसँग आग्रह
प्रकाशित मिति: शनिबार, फाल्गुण १६, २०८२ | १९:०८:०३
चितवन, १६ फाल्गुण। रूसले अमेरिका र इजरायलसँग इरानमाथि भइरहेको आक्रमण तत्काल रोक्न आग्रह गरेको छ।
रूसको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा हालको अवस्था राजनीतिक तथा कूटनीतिक समाधानको दिशामा फर्किनु आवश्यक रहेको उल्लेख गरिएको छ।
वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले क्षेत्रीय अस्थिरता बढाउने जिम्मेवारीहीन कार्यहरूको शीघ्र र वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइएको छ।
प्रकाशित मिति : शनिबार, फाल्गुण १६, २०८२ |
१९:०८:०३
1673


















