खोटाङबाट अरेन राई विजयी, श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा खाता खोल्यो
प्रकाशित मिति: आइतबार, फाल्गुण २४, २०८२ | ९:४९:०८
चितवन, २४ फाल्गुण । खोटाङमा श्रम संस्कृति पार्टीका अरेन राई १६ हजार ६१२ मतसहित विजयी भएसँगै पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो सिट जित्दै खाता खोलेको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुण २४, २०८२ |
९:४९:०८
3807



















