सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: बिहिबार, फाल्गुण २८, २०८२ | ११:२९:१३
चितवन, २८ फाल्गुण । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा तीन लाख १९ हजार रुपैयाँ कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २८, २०८२ |
११:२९:१३
1783

























